नक्कली भुटानी शरणार्थी प्रकरण : थप १८ जना पीडितले दिए जाहेरी

नक्कली भुटानी शरणार्थी प्रकरण : थप १८ जना पीडितले दिए जाहेरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नक्कली भुटानी शरणार्थी प्रकरणमा थप १८ जना पीडितले प्रहरीमा जाहेरी दिएका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा थप १८ जनाले जाहेरी दिएका हुन् ।

उनीहरूले १ करोड ८५ लाख ९२ हजार रुपैयाँ ठगी भएको भन्दै जाहेरी दिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले जानकारी दिए ।

तीन वटा छुट्टाछुट्टै जाहेरी परेको हुँदा दरखास्त लगायतका कागजातहरू अनुसन्धानका लागि जिल्ला परिसर टेकु काठमाडौँ पठाइएकाे उनले बताए । उनका अनुसार लमजुङ,सुनसरी, सिन्धुपाल्चोक,गोरखा,ललितपुर,चितवन र काठमाडौँ लगायत अन्य जिल्लाका पीडितहरूले निवेदन दिएका छन् । सानु भण्डारी र केशव दुलालको नाममा थप उजुरी परेको हो ।

भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व सभासद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, हरिभक्त महर्जन र आशिष बुढाथोकी पुर्पक्षका लागि थुनामा छन्।

टंक गुरूङलाई १० लाख, लक्ष्मी महर्जनलाई ५ लाख र केशव तुलाधरसँग १५ लाख धरौटी माग गरेको थियो। केशव तुलाधरले धरौटी रकम बुझाएपनि ललिता निवास प्रकरणको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्।