चुनावमा भनेअनुसार बजेट नल्याएको झोकमा रास्वपा सांसदलाई पुल तर्न रोक

चुनावमा भनेअनुसार बजेट नल्याएको झोकमा रास्वपा सांसदलाई पुल तर्न रोक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – चुनावका बेला भनेअनुसार निर्वाचन क्षेत्रमा बजेट नल्याएको झोकमा स्याङ्जाको क्षेत्र नम्बर १ का सांसद डा. धनन्जय रेग्मीलाई स्थानीयले पुल तर्न रोक लगाएका छन् ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद रेग्मीलाई स्थानीयले पुल छेकेर जान रोकेका हुन् । सांसद रेग्मीलाई रोकेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सांसद रेग्मीले स्थानीयले आफूलाई पुलमा रोकेको स्वीकार्दै जनताको आक्रोश स्वाभाविक भएको बताए । उनले भने, ‘त्यो भौतिक पूर्वाधार मन्त्रीको पुर्ख्यौली घर भएको ठाउँ हो, मेरो क्षेत्र हो, त्यो क्षेत्रमा पुल बनाउनका लागि मैले योजना पनि राखेको थिएँ तर रातो किताबमा परेनछ, मैले पहिले गरेको वाचा पूरा नभएपछि स्थानीयले खबरदारी गर्नु स्वाभाविक हो, मैले यसलाई सामान्य रूपमा लिएको छु ।’