काठमाण्डु – भारतीय जनता पार्टी (भाजपा) ले नयाँदिल्लीको मुख्यमन्त्री विधायक रेखा गुप्तालाई बनाउने निर्णय गरेको छ ।
भाजपा विधायक दलको बैठकले बुधबार रेखालाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । उनको शपथ भोलि बिहीबार रामलीला मैदानमा हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रेखा दिल्लीको शालीमार बाग क्षेत्रबाट निर्वाचित भएकी थिइन् । विधायक दलले उनलाई दल नेता चुनेको जनाइएको छ ।
दिल्ली विश्वविद्यालयमा अध्ययनरत रहँदा उनी अखिल भारतीय विद्यार्थी परिषद्मा आवद्ध थिइन् । उनी दिल्ली विश्वविद्यालय छात्र संघमा अध्यक्ष पदको चुनाव पनि जितेकी थिइन् । उनी ३ पटक दिल्ली नगर निगम परिषद् पार्षद् र साउथ दिल्लीकी मेयर समेत भइसकेकी छन् ।




प्रतिक्रिया