काठमाण्डु – नेकपा एमालेका नेता प्रभु साहविरुद्ध पार्टीमा उजुरी परेको छ । साहविरुद्ध केन्द्रीय सदस्य रेखा झाले रौतहट अधिवेशनका सन्दर्भमा उजुरी दिएकी हुन् ।
पार्टी अध्यक्ष केपी ओलीलाई सम्बोधन गर्दै रौतहट जिल्ला अधिवेशनमा हलले अनुमोदन नगरेकाहरुलाई साहले शपथ खुवाएको भन्दै झाले उक्त कार्यको निन्दा गरेकी छन् ।
‘रौतहट जिल्ला अधिवेशन हल सम्पूर्णले गरेको विरोध र असहमतिका बाबजुद हलले अनुमोदन नै नगरेको जम्मा पाँच जना पदाधिकारीलाई मध्यरातमा नेता कमरेड प्रभु साहको नेतृत्वमा अज्ञात स्थलमा लगि शपथ खुवाइएको कार्यको घोर निन्दा गर्दै तमाम इमानदार योद्धा कमरेडहरुको उच्च आत्मबललाई निराशामा परिणत नगरी दिनुहुन केन्द्रीय अध्यक्ष कमरेडलाई आग्रह गर्न चाहन्छु,’ उनले पत्रमा भनेकी छन ।
साथै, मधेस प्रदेश कमिटी अध्यक्षको राजनीतिक प्रतिवेदनमा उल्लेखित रौतहट जिल्ला अधिवेशन सम्पन्न भन्ने विषयमा आपत्ति जनाउँदै उक्त प्रतिवेदन सच्याउन उनले माग गरेकी छन् ।





प्रतिक्रिया