गणतन्त्रमा सबै कुरा गर्न पाइन्छ तर सांघातिक आक्रमण गर्न पाइँदैन : प्रवक्ता शर्मा


काठमाण्डु – सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमण संविधान, कानून र नियम विपरीत भएको बताएकी छन् ।

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले विचारका आधारमा सांघातिक आक्रमण गर्ने छुट कसैलाई नभएको बताइन् ।

घटनाको अनुसन्धान टुंग्याएपछि सरकारले धारणा सार्वजनिक गर्ने उनले बताइन् । ‘आक्रमण गर्नेलाई हामीले पक्राउ गरिसकेका छौं । लोकतन्त्र, गणतन्त्रमा सबै कुरा गर्न पाइन्छ, आफ्ना विचार व्यक्त गर्न पाइन्छ तर विचारका आधारमा कसैमाथि पनि सांघातिक आक्रमण गर्न पाइँदैन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement