तुलसीपुर-माओवादी केन्द्रकी नेतृ रेखा शर्माले आगामी निर्वाचनमा पार्टीलाई एक्लै लड्ने अवस्थामा पु¥याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएकी छन् ।
तुलसीपुरमा बोल्दै पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रहेकी शर्माले एक्लै चुनाव लड्नका लागि माओवादी घटकबीच एकता आवश्यक रहेको बताइन् ।
‘आगामी निर्वाचनसम्म सरकारको नेतृत्व नगर्ने र माओवादी घटकबीच एकताबद्ध गरेर एक्लै चुनाव लड्ने वातावरण निर्माण गर्ने गरी पार्टीले छलफल अघि बढाएको छ’, उनले भनिन् । पार्टीभित्र अन्तरविरोध रहने विषयलाई ठूलो रूप बनाउन नहुने उल्लेख गर्दै उनले पार्टीभित्रको छलफललाई स्वाभाविक रुपमा लिनुपर्नेमा जोड दिइन् ।
पार्टी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री धनबहादुर मास्कीले माओवादी केन्द्रको जनमत घट्दै गएकोप्रति समीक्षा हुनुपर्ने बताए ।




प्रतिक्रिया