पशुपतिको हात समातेर जागरण अभियानमा रेखा !

पशुपतिको हात समातेर जागरण अभियानमा रेखा !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री एवं राप्रपा (संयुक्त) कि नेतृ रेखा थापा हिन्दू राष्ट्र निर्माणका लागि पार्टीले सञ्चालन गरेको जागरण अभियानमा सहभागी भएकी छन् । थापा राप्रपा (संयुक्त)की सहमहामन्त्री एवं पार्टीको प्रवास प्रमुख बनेकी छन् ।

बिहीबार राप्रपा संयुक्तले सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष हिन्दू मुलुक बनाउनका लागि जनकपुरबाट धार्मिक जागरण अभियान सुरु गरेको छ ।

सो अभियानमा सहभागी हुन राप्रपा संयुक्तका नेताहरु पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहोनी लगायतका केन्द्रीय नेताहरु जनकपुर पुगेका छन् ।

अभिनेत्री थापाले धार्मिक यात्राको आरम्भ गर्दै गरेका केही तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेकी छन् । उनले फेसबुकमार्फत नै धार्मिक यात्रा सुरु भएको जानकारी समेत दिएकी छन् । ‘जनकपुरबाट धार्मिक यात्रा सुरु’, तीन वटा तस्बिर राख्दै उनले क्याप्सनमा लेखेकी छन् ।

तस्बिरमा अभिनेत्री थापा पार्टी नेता पशुपति शमशेर राणाको हात समातेर हिँड्दै गरेको देख्न सकिन्छ भने अर्को तस्बिरमा दुई नेता राणा र लोहनीका बीचमा उनी मुस्कुराई रहेको देख्न सकिन्छ ।

मंसिर ४ गतेसम्म चल्ने उक्त जागरण अभियान जनकपुरधाममा रहेको माता सीताको समाधिस्थलबाट सुरु भएको जागरण यात्रा चितवनको वाल्मिकी आश्रम हुँदै भगवान बुद्धको जन्मस्थल लुम्बिनी पुगेर सम्पन्न हुनेछ ।