रेखा भन्छिन्- कानुनले बालिकाको लभ या यौनसम्पर्क हेर्ने होइन


काठमाण्डु – नायिका रेखा थापाले बालिकाले कानुन अनुसार सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्ने बताएकी छन् । थापाले मंगलबार सामाजिक सञ्जालमार्फत २० वर्षमुनिका बालिकाको संरक्षण गर्ने भूमिका समाजको हुने बताएकी हुन् ।

उनले भनेकी छन्, ‘२० वर्ष मुनिका छोरीहरु बालिका हुन, बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन । समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो ।’

थापाले बालिकाको कोसँग प्रेम र कति पटक यौनसम्पर्क जस्ता नैतिकतावादी कुरालाई कानुनले मतलब राख्न नहुने समेत उल्लेख गरेकी छन् । ‘को सँग लभ छ ? कतिपटक यौन संपर्क भयो ? यस्ता नैतीकताबादी कुराको कानुनलाई मतलब हुनु हुँदैन,’ थापाको भनाइ छ ।

समाजमा आडम्बर व्याप्त रहेको भन्दै उनले छोरी मान्छेलाई विश्वभर कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त रहेको उल्लेख गरेकी छन् । थापाले नायक पल शाह र गायीका समीक्षा अधिकारीबीचको घटनालाई लक्षीत गर्दै उक्त पोष्ट लेखेको बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement