कुन्तिमाथि रेखाको कटाक्ष – हिरोइन बन्न फिगर चाहिन्छ, तपाईँलाई आमाको रोल दिन्छु

कुन्तिमाथि रेखाको कटाक्ष – हिरोइन बन्न फिगर चाहिन्छ, तपाईँलाई आमाको रोल दिन्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा) को महाधिवेशन अन्तर्गत महामन्त्री पदका लागि कुन्ति कुमारी शाही र रेखा थापाबीच प्रतिस्पर्धा भइरहेको छ । शाही कमल थापा प्यानलबाट उम्मेदबार छिन् भने रेखा राजेन्द्र लिङ्देन प्यानलबाट उम्मेदवार छिन् । दुई फरक-फरक प्यानलबाट चुनावी मैदानमा होमिएका कुन्ती र रेखाबीच राम्रै जुहारी चलिरहेको छ ।

आफ्नो चुनावी प्रचारप्रसारको क्रममा कुन्तीले रेखालाई राजनीति गर्न सिकाइरहेकी छिन् भने रेखाले कुन्तीलाई फिल्ममा अभिनय गर्न सिकाइरहेकी छिन् । यी दुईबीचको आरोप प्रत्यारोप निकै भइरहेको छ । कुन्तीले रेखालाई राजनीति फिल्म खेल्न जस्तो सहज नभएको टिप्पणी गरेकी थिइन् ।

उम्मेदवारी दर्तापछि शुक्रबार भृकुटीमण्डपमा पत्रकारहरूसँग कुन्तीले रेखालाई लक्षित गर्दै फिल्म खेल्नजस्तो राजनीति सहज नहुने बताएकी थिइन् । यता आज रेखाले आफूलाई राजनीति गर्न सिकाउने कुन्तीलाई पनि फिल्म खेल्न सिकाउने बताइन् ।  पत्रकारहरूसँग कुरा गर्दै रेखाले भनिन्, ‘म वैशाखमा फिल्म बनाउँदैछु । आउनुस् फिल्म खेल्न, तपाईं हिरोइनमा त फिट हुनुहुन्न, आमाको रोल दिऊँला ।’

फिल्ममा आमाको रोल दिएपछि कति सजिलो हुने रहेछ भन्ने कुराको जानकारी पाइने बताइन् । हिरोइन बन्नका लागि फिगर चाहिने भन्दै कुन्ती आमाको रोलमा फिट हुने रेखाको भनाइ थियो ।