गगनमाथि रेखा कुमारीको कटाक्षः अमेरिकी सेनालाई टुडिखेल हस्तान्तरण गर्ने कि झुण्डिने ?

गगनमाथि रेखा कुमारीको कटाक्षः अमेरिकी सेनालाई टुडिखेल हस्तान्तरण गर्ने कि झुण्डिने ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सांसद रेखा कुमारीले एसपीपी सम्झौता भएर नेपालमा अमेरिकी सेना आए त्यसको जवाफदेहिता कसले लिने भन्दै प्रश्न गरेकी छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले एमसीसी पारित गराउन लागिपरेका सांसद गगन थापाले ‘अमेरिकी सेना आए चारपाटा मोडेर थानकोट कटाउनु, टुँडिखेलमा झुन्ड्याउनु भनेको’ स्मरण गर्दै अमेरिकी सेना आए उसलाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू टुँडिखेलमा झुन्डिने ? भनी प्रश्न गरिन् ।

‘एसपीपीले नेपाली सेनाजस्तै अमेरिकी सेनालाई व्यवहार गर्नुपर्ने भनिएको छ । एमसीसी पास गर्दा नेपालमा अमेरिकी सेना आउँदैन भनिएको थियो,’ उनले भनिन्, ‘यदि, आयो भने चारपाटा मोडेर थानकोट कटाउनु, टुँडिखेलमा झुन्ड्याउनु भनेर एकजना सांसदले भन्नुभएको थियो । अब अमेरिकी सेनालाई टुँडिखेल हस्तान्तरण गर्ने कि आफू टुँडिखेलमा झुन्डिने ?”