रेम्डेसिभिर पाउनै मुस्किल,औषधि व्यवस्था विभागको समन्वयमा गरेको कोटा पनि कागजमा मात्र सीमित

रेम्डेसिभिर पाउनै मुस्किल,औषधि व्यवस्था विभागको समन्वयमा गरेको कोटा पनि कागजमा मात्र सीमित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कोभिड-१९  का बिरामीहरुको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि अभाव भएको औषधि व्यवसायीहरुले गुनासो गरेका छन् । बैशाख २१ गते ३ हजार र २२ गते ४ हजार गरी जम्मा ७ हजार भाइल रेम्डेसिभिर आइसकेको छ ।

तर,औषधि व्यवस्था विभागले समन्वय नगर्दा रेम्डेसिभिर पाउन नसकेको नेपाल औषधि व्यवसायी संघ काठमाण्डु जिल्ला शाखाका महासचिव शुभमान श्रेष्ठले गुनासो गरे । औषधि व्यवसायीहरु समस्यामा परेको उनको गुनासाे छ । सामाजिक सञ्जालमा उनले औषधि व्यवस्था विभागको समन्वयमा गरेको कोटा पनि कागजमा मात्र सीमित भएको बताए । ‘हामी औषधि व्यवसायीहरु धेरै सकसमा छौं ।

अनुकूल समयमा औषधि तथा औषधिजन्य वस्तुको बिक्री वितरण गर्ने हामी । तर,आजको यस विषम परिस्थितिमा रेम्डेसिभिर उपलब्ध गराउन त परै को कुरा कहाँ पाइन्छ ? भनेर सल्लाह दिन पनि असमर्थ छौं । किनकि औषधि व्यवस्था विभागको समन्वयमा गरेको कोटा पनि कागजमा मात्र सीमित भएको यस दुःखद घडीमा हामी साह्रै चिन्तित छौं ।’ ‘सम्बन्धित सरोकार टिम बसी वितरणका लागि गरिएको समन्वय सारै सराहनीय छ । तर सम्बन्धित स्थलमा पुर्याउन सहजीकरण र सही समयमा सम्बन्धित स्थानमा पुगे नपुगेको अनुगमन पनि होस्’—महासचिव श्रेष्ठले आग्रह गरे ।