काठमाण्डु– चालु आर्थिक वर्षको पछिल्लो ८ महिनामा ३७.७ प्रतिशतले रेमिट्यान्स वृद्धि भएको छ । फागुन मसान्तसम्म १४ खर्ब ४९ अर्ब ६५ करोड बराबरको विप्रेषण भित्रिएको हो ।
नेपाल राष्ट्र बैंकको विवरणअनुसार गत फागुनमा मात्र विप्रेषण आप्रवाह र एक खर्ब ८८ अर्ब ६४ करोडको भएको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह १ खर्ब ५१ अर्ब बराबर थियो ।
यस्तै फागुन मसान्तस्म्म १० अर्ब ८४ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी) भित्रिएको छ ।
यस अवधिमा खुद ट्रान्सफर १५ खर्ब ९१ अर्ब ६६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद ट्रान्सफर ११ खर्ब ४९ अर्ब ३० करोड रहेको थियो ।
यस्तै वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या २ लाख ७३ हजार ५३६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ५१ हजार ९८५ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः तीन लाख १७ हजार ०६८ र दुई लाख १७ हजार ४०३ रहेको थियो ।




प्रतिक्रिया