एक वर्षमा भित्रियो १२ खर्ब २० अर्ब रेमिट्यान्स

एक वर्षमा भित्रियो १२ खर्ब २० अर्ब रेमिट्यान्स

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) २१.२ प्रतिशतले वृद्धि भएको जनाएको छ । शुक्रबार विवरण सार्वजनिक गर्दै राष्ट्र बैंकले आर्थिक वर्ष २०७९-८० मा रेमिट्यान्स २१.२ प्रतिशतले वृद्धि भई १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ भित्रिएको जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा रेमिट्यान्स २१.२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्ष रेमिट्यान्स ४.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।