काठमाण्डु – चितवनको भरतपुर महानगरको मेयरमा निर्वाचित माओवादी केन्द्रकी नेतृ रेनु दाहालले पहिलो कार्यकालमा गरेका कामको मतदाताले अनुमोदन गरेको बताएकी छिन् ।
मेयरमा निर्वाचित भएपछि मंगलवार पत्रकारहरूसँग कुरा गर्दै रेनुले भरपुरको विकास गर्न जनताले आफूलाई मेयरमा जिताएकी दावी गरेकी हुन् । भरतपुरलाई नमूना शहर बनाउने संकल्प पाँच वर्षमा पूरा गर्ने उनले बताइन् । उनले भनिन्,‘यसपटक मैले सोचेको भन्दा राम्रो मत पाएकी छु । पहिलो कार्यकालमा जनभावनाअनुसार काम गरेँ, त्यसको मूल्यांकन हो जस्तो लाग्छ,’ दाहालले भनिन्, ‘बाँकी आउने कार्यकालमा पनि जनताले अपेक्षा गरेअनुसार काम गर्न सक्दो कोसिस गर्नेछु । नमूना शहर बनाउने संकल्प पूरा गर्नको लागि लाग्नेछु ।’
भरतपुरको विकास रेनुबाट मात्र हुन्छ भनेर मतदाताले अभिमत दिएको उनले दाबी गरिन् ।




प्रतिक्रिया