माओवादीको चितवन इन्चार्ज बनिन् रेणु दाहाल


काठमाण्डु – नेकपा माओवादी केन्द्रले चितवन जिल्लाको इन्चार्जमा रेणु दाहाललाई चयन गरेको छ । माओवादी केन्द्रको बागमती प्रदेश कमिटी बैठकले इन्चार्जको जिम्मेवारी दाहाललाई दिएको हाे ।

त्यस्तै संयोजकमा आरसी अधिकारी चयन भएका छन् । दाहाल भरतपुर महानगरपालिकाकी मेयर हुन् । उनी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी हुन् । अधिकारी विद्यार्थी राजनीतिबाट आएका नेता हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement