मतदानपछि दाहालले भनिन्- म उत्साहित छु, सोचविचार र विवेक प्रयोग गरेर मतको सदुपयोग गर्नुहाेला

मतदानपछि दाहालले भनिन्- म उत्साहित छु, सोचविचार र विवेक प्रयोग गरेर मतको सदुपयोग गर्नुहाेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार रेणु दाहालले सोचविचार र विवेकको प्रयोग गरेर मतको सदुपयोग गर्न आह्वान गरेकी छन् ।

गठबन्धनका तर्फबाट मेयरका उम्मेदवार बनेकी माओवादी नेतृ दाहालले बिहान मतदान पश्चात पत्रकारसँग कुरा गर्दै आम भरतपुरवासीमा उत्साह देखेको बताएकी हुन् । ‘भयरहित वातवारणमा मतदान प्रक्रिया अगाडि बढ्ने विश्वास छ,’ उनले भनिन् ।

‘म उत्साहित छु, पहिलो कार्यकालको मूल्यांकन र भरतपुरको आगामी समृद्धिको खाका लागि पनि मेराे उम्मेदवारी हाे । समग्र मूल्यांकन जनताले गर्नेछन् । सोचविचार र विवेकको प्रयोग गरेर मतको सदुपयोग गर्नुहाेला,’ उनले भनेकी छन् । उनले भरतपुर-१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेकी हुन् ।