रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिका यस वर्षकै उत्कृष्ट महानगरपालिका घोषित


चितवन– भरतपुर महानगरपालिका यस वर्षको उत्कृष्ट नगरपालिकाको रूपमा छनौट भएको छ । नगर विकास कोषले गरेको मुल्याङ्कनका आधारमा भरतपुर उत्कृष्ट महानगरपालिकाको रूपमा छनौट भएको हो ।

महानगरपालिकाको मेयर माओवादी पोलिटब्युरो सदस्य रेणु दाहाल रहेकी छन् । उनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी समेत हुन ।

दाहालको नेतृत्वमा छोटो समयमै धेरै काम भएपछि भरतपुर महानगर यस वर्षकै उत्कृष्ट घोषित भएको हो । नगर विकास कोषले आफ्नो ३० औं बार्षिक उत्सव समारोहको औपचारिक कार्यक्रममा भरतपुर महानगरलाई उत्कृष्ट नगरपालिकाको रूपमा सम्मान गर्नेछ । नगर विकास कोषको बार्षिक उत्सव फागुन २ गते हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement