काठमाण्डु – उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश रेणुका शाह बर्खास्त भएकी छन् ।
योग्यता नै नपुगेकी शक्तिको आडमा न्यायाधीशमा नियुक्ति लिएको पाइएपछि न्याय परिषद्को शुक्रबार बसेको बैठकले शाहलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।
नियुक्ति लिने समयमा आवश्यक न्युनतम योग्यता ढाँटी नियुक्ति लिएको छानबिनबाट पुष्टी भएपछि उनलाई बर्खास्त गरिएको न्याय परिषद्का प्रवक्ता मान बहादुर कार्कीले जानकारी दिए ।
शुक्रबारको बैठकले न्याय परिषद् ऐन, २०७३ को दफा ३२ बमोजिम न्यायाधीश शाहलाई बर्खास्त गरिएको उनको भनाई छ । उनी २०७५ मा उच्च अदालतको न्यायाधीश नियुक्त भएकी थिइन् ।




प्रतिक्रिया