भाडावाला सरोकार समाज ललितपुरको नेतृत्व पुनर्गठन, यी हुन नयाँ पदाधिकारी (सूचीसहित)

भाडावाला सरोकार समाज ललितपुरको नेतृत्व पुनर्गठन, यी हुन नयाँ पदाधिकारी (सूचीसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भाडावाला सरोकार समाज नेपाल ललितपुरले नेतृत्व पुनर्गठन गरेको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा रोशन लिम्बूको नेतृत्वमा २५ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको हो ।

कमिटीमा अध्यक्ष लिम्बूसहित उपाध्यक्षहरु जिवन तिमिल्सिना, रविन सुवेदी, सचिवमा अरुणा राई, कोषाध्यक्षमा मिना पराजुली अधिकारी रहेका छन् । त्यस्तै सदस्यहरुमा शान्ता राई, दिनेश थापा, सुजीना राई, रसिला शाही, रमेश कुमार थापा, आशिष श्रेष्ठ, सविता आचार्य, सुशिला लामा, भिम बहादुर श्रेष्ठ, सूर्य थिङ्ग तामाङ, प्रदीप लामा, उमेश थापा, सुमन राई, मदन लामा रहेका छन् । त्यसैगरी सल्लाहकारमा प्रदीप पौडेल, किशोर जंङ्ग राणा, नितेश, बद्री विक्रम कार्की रहेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि एवम् भाडावाला समाजका केन्द्रीय अध्यक्ष विष्णुजंग बस्नेतले भाडावाला संगठनले भाडामा बस्ने समस्यामा परेका कयौं भाडावालाहरुलाई न्याय दिन सफल भएको बताए । उनले संगठनले २०७२ सालको भूकम्प, भारतको अघोषित नाकाबन्दी र कोरोना महामारीका कारण समस्यामा परेका घर घाडामा बस्नेहरुका लागि तीन महिनाका लागि भाडा छुट गराउन सफल भएको बताए ।

भाडामा बस्दा आफुले पनि समस्या भोग्नुपरेको भन्दै उनले एक हप्ताभित्र कोठा छोडेर हिड्नुपरेको तितो अनुभव सुनाए । उनले घर भाडामा बस्नेहरुको कानुन घरबेटी भएको उल्लेख गर्दै नेपाल सरकारले भाडावालाहरुका लागि बैज्ञानिक भाडादर तोकिनुपर्ने बताए । बस्नेतले भाडावाला आयोग गठन गर्न र संविधान संसोधन गरेर भाडावालाको हक संरक्षण गर्न समेत सरकारलाई दवाव दिनुपर्ने बताए ।

त्यस्तै आदिवासी जनजाति युवा महासंघका अध्यक्ष हेमन्त राईले देशभरका घरबेटी र भाडावालाहरुको समस्याको बारेमा आफ्ना धारणा राखेका थिए । घरमा बस्ने र बसाउनेमात्र नभई त्यसलाई कसरी समृद्ध बनाउने भन्नेतर्फ सबैको ध्यान जानु आवश्यक रहेकाे भन्दै उनले देशभरका भाडावाला र घरबेटीबीचको समस्याहरुलाई समाधान गर्न सधै तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे ।

घरबेटी र भाडावालाहरूको मुद्दा व्यक्ति-व्यक्तिबीचको सम्बन्ध भएको उनकाे भनाइ थियाे। घरधनी र घर बहालमा लिने ब्यक्तिको सानोतिनो मनमुटावले ठूलो तनाव सिर्जना हुने भन्दै उनले सम्पत्ति तथा घर बहालमा लिने दिने सम्झौता अनिवार्य गरिनुपर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि एवम् भाडावाला सरोकार समाजका केन्द्रीय अध्यक्ष, अतिथि आदिवासी जनजाति युवा महासंघका अध्यक्ष, भाडावाला सरोकार समाज काठमाण्डु, ललितपुर र भक्तपुरका पदाधिकारीहरु लगायत अन्य व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।