अमेरिकाको ‘गोप्य रिपोर्ट’ बारे चीनको कडा आपत्ति

अमेरिकाको ‘गोप्य रिपोर्ट’ बारे चीनको कडा आपत्ति


एजेन्सी – अमेरिकाले सार्वजनिक गरेको ‘गोप्य रिर्पोट’ बारे चीनले आपत्ति जनाएकाे छ । भारत र चीनबीच तनाव जारी रहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको कथित गोप्य रिपोर्टले हलचल सार्वजनिक गरेको हो ।

रिपोर्टमा इन्डो–प्यासिफिक रणनीतिका बारेमा चर्चा गरिएकाे छ । अमेरिकी वेबसाइट एक्सिसका अनुसार उक्त प्रतिवेदनमा अमेरिका इन्डो प्यासिफिक रणनीतिमा भारतलाई अगाडि बढाउन चाहेको छ ताकि त्यसले चीनसँग प्रतिष्पर्धा गर्न सक्छ ।

एक्सिस न्यूजकाअनुसार सन् २०१८को सुरुवातमा ट्रम्प प्रशासनले १० पेज लामो एक रिपोर्ट तयार गरेको थियो । यसमा इन्डो–प्यासिफिकक्षेत्रमा पछिल्लो ३ वर्षमा चीन, भारत र उत्तर कोरियाका अलावा अन्य राष्ट्रको रणनीतिबारे चर्चा गरिएको छ ।

यस दस्तावेजमा चीनलाई चासोको रूपमा उजागर गरिएको छ । त्यस्तै उत्तर कोरियालाई पनि यही रुपमा देखाइएको छ । दस्तावेजमा चीनसँग प्रतिस्पर्धा गर्न यस क्षेत्रका गठबन्धनहरूले उदार अर्थव्यवस्था लिनुपर्ने र अमेरिकासँग नजिकबाट काम गर्नु आवश्यकता देखाइएको छ ।

उक्त प्रतिवेदनमा भनिएको छ, ‘चीनसँग प्रतिस्पर्धा गर्न भारतसँग सैन्य, खुफिया र कूटनीतिक समर्थन बढाउनु पर्दछ ।’

दक्षिण र दक्षिणपूर्व एशियामा चीनको विस्तार रोक्न भारतसँग सैनिक सहयोग बढाउन भनिएको छ ।

भारतबाट चीनको बढ्दो शक्ति सन्तुलित हुन सक्ने रिपोर्टमा उल्लेख गरिएको छ । उक्त रिपोर्टकाअनुसार चीन सम्पूर्ण क्षेत्रमा अमेरिकी गठबन्धनलाई कमजोर गरी ठूलो खेलाडी बन्न चाहन्छ ।

उत्तः रिपोर्टपछि चिनियाँ परराष्ट्र मन्त्रालयले कडा प्रतिक्रिया दिएको छ । बुधवार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिजियले भनिन्, ‘केही अमेरिकी नेताहरू गोप्य कागजात मार्फत आफ्नो पैतृक छोड्न चाहन्छन् । तर यी कागजातहरूले अमेरिकाको खराब अभिप्राय मात्र प्रकट गर्दछ । अमेरिकाको इन्डो–प्यासिफिक रणनीति चीनलाई रोक्न र दमन गर्ने हो । तिनीहरू क्षेत्रको शान्ति र स्थिरता बिथोल्न चाहन्छन् ।’

उनले अमेरिका शीतयुद्धको मानसिकताबाट अलग रहने र प्रतिस्पर्धामा सहयोग गर्ने विश्वास व्यक्त गरेकी छन् ।