नेपाली सेनाद्वारा खोँचमा खसेका शिक्षकको उद्धार

नेपाली सेनाद्वारा खोँचमा खसेका शिक्षकको उद्धार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली सेनाले खोंचमा खसेका शिक्षकको उद्धार गरेको छ। दोलखाको कालिन्चोक गाउँपालिका-३ स्थायी घर भई सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका-१ स्थित सर्कथली आधारभूत विद्यालयमा कार्यरत शिक्षक ३७ वर्षीय केशव सिवाकोटीको उद्धार गरेको हो।

शनिबार स्थानीय छ्यादी खोलामा नुहाउने क्रममा चिप्लिएर करिब २०० मिटर तल खोंचमा खसेका उनलाई आइतबार स्थानीय व्यक्तिहरुले देखी सुरक्षा निकायलाई खबर गरेपछि आइतबार उद्धार गरिएको सेनाले जनाएको छ।

नेपाली सेनाको क्विक रेसपोन्स टिमले नेपाली सेनाको हेलिकप्टरमार्फत सकुशल उद्धार गरी काठमाण्डु ल्याइएको छ।