प्रचण्डलाई विश्वासको मत दिने सांसदलाई कारबाही गर्ने रेशमको चेतावनी

प्रचण्डलाई विश्वासको मत दिने सांसदलाई कारबाही गर्ने रेशमको चेतावनी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीको विवाद उत्कर्षमा पुगेको छ।

सुदूरपश्चिम सरकारमार्फत् सतहमा आएको विवाद प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वास मत दिने सन्दर्भमा झन् उत्कर्षमा पुगेको हो ।

अध्यक्ष श्रेष्ठले पार्टीका सांसदलाई आजको संसद् बैठकमा अनिवार्य उपस्थित भएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन निर्देशन दिएकी छन् । यता रेशमले भने केन्द्रीय समितिको निर्णय नमानेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको खण्डमा कारबाही हुने चेतावनी दिएका छन्।

उनले आज बिहानै खुलापत्र लेख्दै पार्टीको निर्णय नमान्नेलाई कारबाही हुने चेतावनी दिएका हुन्। ‘केन्द्रीय कार्यसमितिको निर्णय नमान्नेलाई कारबाही गर्नुपर्छ र भोग्नुपर्छ,’ रेशमले भने।

कैलालीको टीकापुरमा भएको नाउपाको महाधिवेशनबाट अध्यक्ष बनेका रेशमलाई निर्वाचन आयोगले मान्यता नदिएपछि चिढिएका उनी वर्तमान सत्ता गठबन्धनमा सामेल नहुने पक्षमा छन् भने सुदूरपश्चिममा कांग्रेस नेतृत्वमा सहभागी भएका छन्। यता अध्यक्ष रञ्जिता श्रेष्ठ भने नयाँ गठबन्धनमा सामेल हुन लागिपरेकी छिन् ।