काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) संस्थापक रेशम चौधरीले रञ्जिताले कार्यबाहक अध्यक्ष विधानविपरीत तोकेको बताएका छन् ।
बुधबार आयोजित बैठकमा उपस्थित हुँदै उनले कार्यबाहक अध्यक्ष तोक्ने व्यक्तिलाई केन्द्रीय समितिबाट अनुमोदन गराएर बैठक राखेर नतोकी सिधै तोकेको भन्दै रञ्जिताले यसबारे केन्द्रीय कमिटीको बैठक बोलाएर स्पष्टीकरण दिनुपर्ने बताए ।
उनले भने, ‘रञ्जिताजीले केन्द्रीय कमिटिको बैठक बोलाएर स्पष्टीकरण दिनुपर्ने थियो । कार्यबाहक अध्यक्ष तोकेको सम्बन्धमा मलाई व्यक्तिगत रूपमा मन परेको छैन । धेरै व्यक्तिको चित्त दुखेको पनि छ र यो हाम्रो विधानविपरीत पनि छ । विधानअनुसार उहाँले तोक्ने व्यक्तिलाई केन्द्रीय समितिबाट अनुमोदन गराएर बैठक राखेर तोक्नुपर्ने थियो । यसैकारणले गर्दा पनि पार्टीमा गम्भीर छलफल हुनुपर्यो ।’
कार्यकर्ताले कार्यबाहक अध्यक्ष को हो भनेर सोध्दा यो व्यक्ति हो, यो हुनुपर्छ भनेर निर्णय गर्नका लागि बुधबारको बैठक आयोजना गरिएको उनले बताए ।
उनले पछिल्लो क्रममा उठेका केही विषयहरूको निराकरण के हो, यो सत्य हो कि असत्य हो भन्ने कुराको छलफलका लागि पनि राष्ट्रिय भेला बोलाइएको बताए ।




प्रतिक्रिया