रेशम चौधरीको पक्षमा अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार, छलफलमा बोलावट

रेशम चौधरीको पक्षमा अन्तरिम आदेश दिन सर्वाेच्चद्वारा अस्वीकार, छलफलमा बोलावट


काठमाण्डु – नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशमलाल चौधरीले उम्मेदवारी दर्ता खारेजविरुद्ध परेको रिटमा सर्वाेच्चले आईतबार अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उनले दिएको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरेपछि उनी त्यसविरुद्ध सर्वाेच्च अदालत गएका हुन् ।

अदालतले आईतबारै अन्तरिम आदेश नदिए पनि अन्तरिम आदेश दिने वा नदिनेबारे निर्णय गर्न दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

न्यायाधीश बालकृष्ण ढकालको इजलासले कारण देखाऊ आदेश जारी गर्ने र अन्तरिम आदेशको छलफलमा बोलाउने आदेश गरेको छ ।

राष्ट्रपतिबाट माफी मिनाहा पाए पनि कसूर र कैदको अभिलेख कायमै हुने भन्दै निर्वाचन आयोगले उम्मेदवारी खारेज गरेको थियो । उनले कैलालीको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका थिए ।