काठमाण्डु – नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।भेटमा उनकी पत्नी समेत रहेकी भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी समेत सहभागी थिइन् ।
गणतन्त्र दिवसको अवसरमा आममाफी पाएर रिहा भएपछि पहिलोपटक चौधरी र मन्त्री श्रेष्ठले सुदूरपश्चिम सरकार लगायतका विषयमा प्रधानमन्त्री दाहालसँग छलफल गरेका हुन् ।
प्रधानमन्त्रीसँगको भेटवार्तामा उनीहरुले पूर्व सहमतिअनुसार सुदूरपश्चिम सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री दिन माग गरेको बुझिएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीले सो भेटमा पूर्व सहमतिबाट सरकार पछि हट्न नमिल्ने प्रधानमन्त्रीलाई स्मरण गराएका छन् ।




प्रतिक्रिया