रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्चमा रिट दर्ता,बुधबार पेशी

रेशम चौधरीको आममाफीविरुद्ध सर्वोच्चमा रिट दर्ता,बुधबार पेशी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – टीकापुर हत्याकाण्डमा तीनवटै तहका अदातलबाट दोषी ठहर भएका रेशमलाल चौधरीलाई आममाफी दिएकाे निर्णयविरुद्ध मृ‌तककी श्रीमतीले दिएको रिट सर्वोच्च अदालतले मंगलबार दर्ता गरेको छ ।

उक्त घटनामा मारिएका इन्सपेक्टर केशव बोहराकी पत्नी शारदा कडायतले आइतबार सर्वोच्चमा रिट दिएकी थिइन् । सरकारले चौधरीलाई आम माफी दिने तयारी गरेपछि शारदा रिट लिएर सर्वोच्च पुगेपनि त्यस दिन दर्ता भएको थिएन ।

चौधरी सोमबार माफी पाएर जेलमुक्त भइसकेका छन् । उक्त मुद्दाको पेशी भोलि (बुधबार)का लागि पेशी तोकिएको छ।