काठमाण्डु – गृहमन्त्री थापा रामबहादुर थापा बादल रेशम चौधरीको रिहाइको माग गर्दै धर्ना बसेका छन् । चौधरीको रिहाईको माग गर्दै बसेको विरोध धर्ना कार्यक्रममा सहभागी हुन गृहमन्त्री थापा माइतीघर मण्डला पुगेका हुन् ।
२०७२ सालमा भएको टीकापुर घटनामा फौजदारी मुद्दा लागेकाहरुको मुद्दा फिर्ता र दोषी ठहर भई जेलमा रहेकाहरुको रिहाइको माग गर्दै थारु अगुवाहरुले आइतबारदेखि धर्ना दिएका हुन् ।
२०७२ सालमा प्रदेश विभाजनमा असन्तुष्ट थारु समुदायको आन्दोलनका क्रममा टीकापुरमा नेपाल प्रहरीका एसएसएसपी लक्ष्मण न्यौपानेसहित ७ जनाको मृत्यु भएको थियो ।
सो घटनामा सांसद रेशम चौधरी दोषी ठहर भई हाल जेलमा छन् । अन्य थारु अगुवाहरु पनि कोही जेलमा छन् भने कोही फरार रहेका छन् ।




प्रतिक्रिया