जसपा आधिकारिकता विवादमा रेशम चौधरी तटस्थ


काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा)का सांसद रेशम चौधरी तटस्थ बसेका छन् । आज निर्वाचन आयोग पुगेका सांसद चौधरीले तटस्थ बस्ने निर्णय गरेका हुन् । यसअघि उनी महन्त ठाकुर पक्षका सांसद हुन् ।

टीकापुर हत्याकाण्डका दोषी निलम्बित सांसद चौधरी डिल्ली बजार जेलबाट कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुगेर पार्टीका शीर्ष नेताहरुसँग छलफल गरेका थिए । छलफलपछि उनले आफूलाई कुनै पक्षमा लाग्नु नरहेको भन्दै तटस्थ बस्ने निर्णय लिएको बताए ।

डिल्ली बजार जेलमै सनाखत गर्न तयार नभएपछि उनलाई कारागार प्रशासनले निर्वाचन आयोगको कार्यालयमै लगेको थियो । रेशमको स्वागतमा जसपाका महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षले तानातान गरेका थिए ।

रेशमलाई तानातान प्रयास भएपछि आयोगमा तैनाथ प्रहरीले भिड हटाउने प्रयास गरेको छ । निर्वाचन आयोगले कार्यकारिणी समितिको हेड काउन्ट गर्दा यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना उभिएका छन । चौधरी भने तटस्थ बसेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement