काठमाण्डु – रेशम चौधरी जनता समाजवादी पार्टी (जसपा) को पक्षमा खुलेका छन् । निर्वाचन आयोगमा तटस्थ बसेका चौधरी अन्ततः जसपाको पक्षमा खुलेका हुन् ।
निर्वाचन आयोगले जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएपछि चौधरीले पनि कित्ता क्लियर गरेका हुन् । कार्यकारिणीको बैठक चलिरहेका बेला चौधरीले फोनमार्फत आधिकारिक पार्टीमा रहेको बताएका छन् ।
‘माननीय रेशम चौधरीले फोनवार्तामार्फत् व्यक्त गर्नु भएको इच्छा र तुल्सीलाल स्मृति भवनमा जारी जसपा बैठकको अनुमोदन मुताबिक चौधरी जसपा आधिकारिक पार्टीमा र पार्टी केन्द्रीय कार्यकारिणी समिति सदस्य कायमै रहनु भएको प्रष्ट गर्न चाहन्छु,’ पार्टी प्रचार विभाग प्रमुख डम्बर खतिवडाले भने ।




प्रतिक्रिया