काठमाण्डु – थरूहट थारुवान राष्ट्रिय मोर्चाले भदौ १ गतेदेखि सशक्त आन्दोलनमा जाने घोषणा गरेको छ । भदौ १ गतेदेखि माइतीघरमा प्रदर्शन गर्ने र भदौ ६–७ गते विद्रोह दिवस मनाउने घोषणा गरेको हाे ।
जनता समाजवादी पार्टी नेपालका नेता रेशम चौधरीको नाममा राजनीति भईरहेको थारु अगुवाहरुले आरोप लगाएका छन् । थरूहट थारुवान राष्ट्रिय मोर्चाले ‘टीकापुर थरूहट थारुवान विद्रोहको ६ वर्ष’ विषयमा गरेको अन्तरक्रियामा सहभागीहरुले जेलभित्र रहेका चौधरीलाई व्यक्तिगत स्वार्थका लागि प्रयोग गरिरहेको बताएका हुन् ।
टीकापुरमा भएको आन्दोलनले गर्दा धेरै मन्त्री र सांसद भएपनि थारुको समस्या भने ज्यूँकात्यूँ रहेको उनीहरुको भनाइ छ । रेशम चौधरी रिहाइ अभियानमा लागेका सुरेन्द्र चौधरीले जसपाको महन्थ ठाकुर पक्षले रेशम चौधरीको एजेण्डा बोकेर तत्कालीन केपी ओली सरकारमा सहभागी भएपनि कुनै उपलब्धी हुन नसकेको बताए ।
रेशम चौधरीलाई रिहाइ नगरे भुमिगत आन्दोलन गर्ने चेतावनी समेत दिए । नागरिक आन्दोलनका अगुवा युग पाठकले तत्कालीन प्रधानमन्त्री केपी ओलीले चौधरीको रिहाइ गर्ने भनेर भ्रम मात्रै छरेको बताए ।




प्रतिक्रिया