रेशम चौधरीविरुद्धको मुद्दा भट्टराईको इजलासमा

रेशम चौधरीविरुद्धको मुद्दा भट्टराईको इजलासमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- टीकापुर घटनाका मुख्य योजनाकार रेशमलाल चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएकोविरुद्ध दायर भएको रिट न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा परेको छ।

घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले दर्ता गराएको रिट निवेदन सुनुवाइ गर्न बुधबार न्यायाधीश भट्टराईको एकल इजलासमा पेसी तोकिएको हो । पेशी २५ औँ नम्बरमा रहेकाले आज सुनुवाइ हुने सम्भावना भने कम छ।