काठमाण्डु– रेशम चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन् ।
नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीले बिहीबार आयोगमा पुगेर नयाँ दल दर्ताका लागि निवेदन पेश गरेका हुन्।
चौधरीसहित अन्य नेताहरू एउटै पोशाकमा निर्वाचन आयोग पुगेका थिए ।
चौधरीले नागरिक उन्मुक्ति पार्टी नेपाल नाम प्रस्ताव गरेका छन् भने ४५ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेका छन् । उनले चुनाव चिन्हमा जाँतो प्रस्ताव गरेका छन् ।




प्रतिक्रिया