जेलमा रहेका रेशम चौधरीले भनेः पार्टीको निर्णयमा बाधक बन्दिनँ

जेलमा रहेका रेशम चौधरीले भनेः पार्टीको निर्णयमा बाधक बन्दिनँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीले आफू पार्टीको निर्णयमा बाधक नबन्ने बताएका छन् । नख्खु जेलमा रहेका सांसद चौधरीलेले सरकारमा जाने विषयमा पार्टीले निर्णय गर्ने भएकाले आफू बाधक नबन्ने बताएका हुन् ।

विभिन्न सञ्चारमाध्यममा सरकारमा जाने विषयमा विवादस्पद अभिव्यक्ति दिएको खबर बाहिरिएको विषयमा उनले खण्डन गरेका छन् ।

‘सरकारमा सहभागी हुने नहुने निर्णय मेरो एक प्रयासले सम्भव हुने कुरा पनि होइन । त्यो पार्टीको निर्णय होला’, उनले भनेका छन्, ‘पार्टीले गर्ने निर्णयमा म बाधक बन्ने कुरा कल्पनासमेत गर्न सकिँदैन । कृपया जथाभावी, कपोकल्पित र भ्रामक समाचार लेखेर मलाई दुःखी नबनाई दिनुहोला ।’

उनले आफू सांसद भएकाले कस्तो विषय बोल्ने त्यो आफूलाई जानकारी भएकाले पार्टीको विधि पद्धति अनुसार अध्यक्ष महन्थ ठाकुर र अन्य नेताहरुले राम्रो गरिरहेको बताएका छन् ।

‘जेलमा रहे पनि म सांसद हुँ । मेरो मर्यादा मलाई थाहा छ । म गलत शब्दले कसैलाई प्रहार गर्न परिकल्पना पनि गर्न सक्दिन । पार्टीको विधि पद्धति अनुसार अध्यक्ष महन्थ ठाकुर र अन्य नेताहरुले राम्रो गरिरहनु भएको छ ’, उनले भनेका छन् ।