‘भूमिगत’ रेशम चौधरी चार गुणा मतले अगाडि, वाम र कांग्रेस उम्मेदवारको अवस्था कस्तो छ?

‘भूमिगत’ रेशम चौधरी चार गुणा मतले अगाडि, वाम र कांग्रेस उम्मेदवारको अवस्था कस्तो छ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

टीकापुर– कैलाली क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका रेशम चौधरीले मतान्तर भारी बनाउदै लगेका छन्।

 

 

‘भूमिगत’ रही राजपा नेपालबाट उम्मेदवारी दिएका चौधरी वाम गठबन्धनकी उम्मेदवार एमाले नेतृ मदनकुमारी शाहभन्दा चार गुणा अगाडि छन्।

 

 

मतगणना जारी रहँदा चौधरीले तीन हजार एक सय ४० मत ल्याएका छन् भने शाहको आठ सय २५ मत रहेको छ।

 

 

यसैगरी, कांग्रेस उम्मेदवार इश्वरी न्यौपानेले पाँच सय २८ मत मात्र ल्याएकी छन्।

चौधरी कैलालीको टीकापुर घटनापछि भूमिगत रहेका छन्।