रेशम चौधरी पक्राउ प्रति जनमत पार्टीको घोर भर्त्सना

रेशम चौधरी पक्राउ प्रति जनमत पार्टीको घोर भर्त्सना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएको प्रति जनमत पार्टीका अध्यक्ष सिके राउतले भर्त्सना गरेका छन् ।

राउतले सामाजिक सञ्जालमा लेख्दै चौधरीलाई पक्राउ गरिएको प्रति घोर भर्त्सना गरेको बताएका हुन् ।

उनले लेखेका छन् ‘पार्टी एकीकरण प्रज्ञा प्रतिष्ठानमा घोषणा हुन लाग्दै गर्दा श्री रेशमलाल चौधरीलाई नेपाल प्रहरीले कार्यक्रमस्थलमा नै पक्राउ गरेर पुरानो फैसला कार्यान्वयन गर्नका लागि डिल्लीबजार जेल पठाएको खबर प्राप्त भएको छ । यसको हामी घोर भर्त्सना गर्दछौं’, राउतले सामाजिक सञ्जालमा लेखेका छन् ।

घोषणसभा स्थल प्रज्ञा भवन परिसरबाट चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रमनै स्थगित भएको छ ।