रेशमलाई जन्मकैद सुनाइएपछि राजपाले बोलायो आकस्मिक बैठक


काठमाडौं – कैलालीको टीकापुरमा ९ जनाको ज्यान जानेगरी भएको घटनामा जिल्ला अदालत कैलालीले सांसद रेशम चौधरीलाई दोषी ठहर गरी जन्मकैदको सजाय सुनाएपछि राजपाको आकस्मिक बैठक बसेको छ ।

बबरमहलस्थित केन्द्रीय पार्टी कार्यालयमा चलिरहेको बैठकमा राजपाका अध्यक्ष मण्डलका सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव र महेन्द्र राय यादव उपस्थित छन्।

कैलालीको टिकापुरमा ९ जनाको ज्यान जाने गरी भएको घटनामा बुधबार कैलाली जिल्ला अदालतले राजपाका नेता सांसद चौधरीसहित ११ जनालाई दोषी ठहर गरी फैसला सुनाएको छ। घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका नेता लक्ष्मण थारुसहित १५ जनालाई आजै रिहा गर्न आदालतले आदेश दिएको छ ।

हत्याकाण्डको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरीसहित १२ जनालाई जन्मकैदको फैसला कैलाली जिल्ला अदालतले सुनाएपछि राजपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने र आन्दोलनको विषयमा छलफल गरिरहेको राजपाका महासचिव केशव झाले बताए।
२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा भएको घटनामा एक बालकसहित आठ जनाको निधन भएको थियो। सो घटनामा सरकारले मुख्य दोषी रेशम चौधरीलाई देखाएपछि उनी फरार थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement