कारागारमै अनशनरत रेशमलाल चौधरी वीर अस्पतालमा भर्ना

कारागारमै अनशनरत रेशमलाल चौधरी वीर अस्पतालमा भर्ना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– टीकापुर घटना गराएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका रेशमलाल चौधरीलाई उपचारका लागि राजधानीको वीर अस्पतालमा भर्ना गरिएको छ।

शनिबार बेलुका बुद्ध एयरको विमानबाट काठमाडौं आइपुगेका चौधरीलाई वीरको आकस्मिक कक्षामा भर्ना गरिएको हो।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालका अनुसार कारागारमै अनशनरत चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं पठाइएको थियो।

चौधरी यसअघि धनगढीको सेती अञ्चल अस्पतालमा भर्ना भएका थिए।

गत ६ दिनदेखि कैलाली कारागारमा रेशमसहित टीकापुर घटनाका २४ जना अभियुक्त अनशनमा बसेका छन् ।

चौधरी कैलाली १मा राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।