रेशम चौधरीले जेलमै अनशन थालेपछि प्रदेश सरकारले भन्यो–‘स्थानान्तरण गर्न सकिन्छ’

रेशम चौधरीले जेलमै अनशन थालेपछि प्रदेश सरकारले भन्यो–‘स्थानान्तरण गर्न सकिन्छ’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली– २०७२ मा टीकापुरमा भएको हिंसात्मक घटनामा कैलाली अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका रेशमलाल चौधरीलाई स्थानान्तरण गर्न सकिने प्रदेश सरकारले जनाएको छ।

प्रदेश नम्बर ७ का प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले कानूनलाई चुनौती दिने, सामाजिक सद्भाव खल्बल्याउने र अशान्ति हुने गतिविधि भएमा थुनामा रहेका चौधरीलाई अन्य कारागारमा स्थानान्तरण गर्न सकिने बताएका हुन्।

कैलाली १ बाट प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय जनता पार्टीकोतर्फबाट विजयी चौधरी टीकापुर घटना भएको झण्डै ३० महिनापछि केही दिनअघि मात्र अदालतमा उपस्थित भएका थिए।

अदालतको आदेशबमोजिम कैलाली कारागारमा रहेका चौधरीसहितका टीकापुर घटनाका आरोपी २४ जनाले कारागारमा आइतबारदेखि अनशनमा बसेका छन्।