रेशम चौधरीलाई नाउपा अध्यक्ष मान्न नसकिने निर्वाचन आयोगको निर्णय

रेशम चौधरीलाई नाउपा अध्यक्ष मान्न नसकिने निर्वाचन आयोगको निर्णय

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्षमा रेशमलाल चौधरीलाई मान्न नसकिने निर्णय गरेको छ ।

पार्टीको महाधिवेशनबाट चौधरी अध्यक्ष निर्वाचित भएको भन्दै आयोगमा पुगेको जानकारीलाई अद्यावधिक गर्न आयोगले अस्वीकार गरेको छ ।

नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट चौधरीलाई सर्वसम्मत अध्यक्ष चयन गरेको थियो । त्यसपछि नाउपाले दलको अभिलेख अद्यावधिक गरिदिन निर्वाचन आयोगमा निवेदन दिएकोमा आयोगले अद्यावधिक गर्न अस्वीकार गरेको छ ।

निवेदनमाथि निर्णय गर्दै निर्वाचन आयोगले चौधरीलाई नाउपाको अध्यक्ष मान्न नसकिने जनाएको छ । राजनीतिक दलसम्बन्धी ऐनले निर्दिष्ट गरेअनुसार नाउपाको दलको अभिलेख अद्यावधिक हुन नसक्ने निर्णय भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

चौधरी टीकापुर हत्याकाण्डमा फौजदारी अभियोग लागेका व्यक्ति भएकाले उनी पार्टी अध्यक्ष बन्न नसक्ने चर्चा चलेको थियो ।