रेशम चौधरी जेलबाट छुटे मात्र नागरिक उन्मुक्ति सरकारमा जाने

रेशम चौधरी जेलबाट छुटे मात्र नागरिक उन्मुक्ति सरकारमा जाने


काठमाण्डु- नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएको छ । उक्त पार्टीले वर्तमान सत्ता गठबन्धनलाई समर्थन गरेपनि सरकारमा नजाने निर्णय गरेको हो ।पार्टीको सोमबार डिल्लीबजार कारागारमा बसेको बैठकले रेशम चौधरीलाई जेलबाट नछुटाएसम्म सरकारमा सहभागी नहुने निर्णय गरेको जनाइएको छ ।

यसभन्दा अघि पनि नागरिक उन्मुक्तिले रेशम चौधरीको रिहाइको माग राख्दै आएको छ । यस भन्दा अघिको शेरबहादुर देउवा नेतृत्वको सरकारले चौधरीलाई जेलबाट छुटाउन अध्यादेश नै ल्याएको थियो । उक्त अध्यादेश हाल राष्ट्रपतिसमक्ष पेश भएको छ ।

नागरिक उन्मुक्ति पार्टीले ४ सिट जितेको छ । नेकपा एमालेसहित सात दलको समर्थनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।