काठमाण्डु- सरकारले नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग भएको सहमति कार्यान्वयन गर्न अध्यादेश ल्याएको छ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेलमा रहेका रेशम चौधरी र विप्लवका कार्यकर्ता छुटाउन नयाँ अध्यादेश ल्याएको हो । यसअघि गत भदौ २७ को मन्त्रिपरिषद् बैठकले टीकापुर घटना सम्बन्धमा कानुन संशोधन गरी मुद्दा खारेज गर्ने निर्णय गरेको थियो ।
भदौ २७को मन्त्रिपरिषद बैठकको निर्णयअनुसार सरकारले उनीहरूको रिहाइका लागि सरकारले अध्यादेश ल्याएको जनाइएको छ । सरकारले उनीहररूको रिहाइका लागि अन्तरविरोध राख्ने कानूनी प्रावधान संशोधन गर्न यो अध्यादेश ल्याएको हो ।
कैलालीमा २०७२ मा भएको ‘टीकापुर काण्माड चौधरी प्रमुख योजनाकार भएको भन्दै अदालतले दोषी ठहर गरेपछि उनी अहिले जेलमा छन्।१२ महिना अघि रेशम चौधरीले खोलेको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा तर्फ तीन र एक सिट स्वतन्त्र गरी चार सिट जितेको छ ।
नयाँ सरकार गठनको लागि सहयोग गर्न सत्ता गठबन्धनले चौधरीलाई आग्रह गरेको थियो । तर, चौधरीले आफूलाई जेलबाट रिहा गरेमात्र सरकार गठन गर्न सहयोग गर्ने बताएका थिए ।




प्रतिक्रिया