श्वास गन्हाउने रोगको घरेलु उपचार


एजेन्सी – पछिल्लो समय गिँजा दुख्ने तथा श्वास गनाउने समस्या लगभग सबै जसो मानिसमा हुने गर्छ । खानपान तथा मुखको सरसफाईमा ध्यान नदिँदा यस्तो समस्या हुने गर्छ ।

खाना खाईसकेपछि वा नियमित रुपमा ब्रस नगर्दा गिँजामा समस्या देखिने र यसले स्वासलाई दुर्गन्धित बनाउने गर्छ । साथै धुम्रपान, मधुमेह, वंशाणुगत कारण र कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण पनि श्वास गनाउने गर्छ ।

श्वास गनाउने प्रमुख कारण गिँजामा हुने समस्या हो । गिँजा रातो हुने, सुन्निने तथा ब्रस गर्दा रगत आउने भएमा गिँजामा समस्या भएको बुझ्नुपर्छ । यस्तो भएपछि मुखबाट दुर्गन्धित श्वास आउन सुरु हुन्छ ।

स्वस्थ श्वास तथा गिँजामा हुने समस्याबाट छुटकारा पाउन केही घरेलु उपाएहरु अपनाउन सकिन्छ । यसका लागि अमला जलाएर तोरीको तेलमा मिलाउने र यसलाई विस्तारै विस्तारे गिँजामा लगाउनाले गिँजासम्बन्धि समस्यामा राहत मिल्छ । त्यस्तै नीमको पात, मरिच, र विरेनुन पिसेर नियमित सेवन गर्नाले पनि स्वस्थ श्वास र गिजाँको रोगमा राहत मिल्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement