रेष्टुरेन्ट तथा बारमा लगाइँदै आएको १० प्रतिशत सेवा शुल्क तिर्नु नपर्ने

रेष्टुरेन्ट तथा बारमा लगाइँदै आएको १० प्रतिशत सेवा शुल्क तिर्नु नपर्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – मंगलबारदेखि रेस्टुरेन्ट तथा बारहरूमा सेवा शुल्कबापतको उपभोक्ताहरुलाई लगाइँदै आएको १० प्रतिशत सेवा शुल्क हटाइएको छ।

रेष्टुरेन्ट तथा बार एसोसियसन नेपाल (रेबान)को सोमबार काठमाडौंमा सम्पन्न भेलाले सेवा शुल्क हटाउने निर्णय गरेको हो। अबदेखि यस्तो शुल्क नलिने निर्णय गरिएको रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले जनाएको छ।

व्यापार तथा व्यवसायमा उपभोक्ताको लागत कम गर्न भन्दै यस्तो निर्णय गरिएको रेबानद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।