१२ कक्षाको नतिजा सार्वजनिक

१२ कक्षाको नतिजा सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको नतिजा सार्वजनिक गरेको छ ।

सोमबार साँझ बसेको बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको छ ।

परीक्षामा ५ लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी भएका थिए । जसमा नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ र आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ जना विद्यार्थी परीक्षामा सहभागी भएका बोर्डले जनाएको छ।

बोर्डको वेबसाइट result.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट https://neb.ntc.net.np बाट नतिजा हेर्न सकिने बोर्डले जनाएको छ।