भन्सारका कर्मचारी र व्यापारीबिचको मिलोमतोमा दैनिक करोडौं राजस्व गुम्यो


काठमाडौं – भन्सारका कर्मचारी र आयातित व्यापारमा संलग्न उद्योगी-व्यापारीबिचको मिलोमतोमा राज्यले दैनिक करोडौं राजस्व गुमाउँदै आएको खुलेको छ। नागरिक दैनिकका लागि बालकृष्ण ज्ञवालीले लेखेका छन्, ‘ चारदिन अघि अर्थमन्त्री बनेका युवराज खतिवषाले विभिन्न स्थानामा रहेका भन्सार कार्यालयका प्रमुखहरूलाई काठमाडौं बोलाएर कडा निर्देशन दिएकै दिन (शुक्रबार) मुलुकभरका भन्सार नाकाबाट करिब ३५ करोड रूपैयाँ राजश्व बढी उठेकाले मिलेमतोमा करोडौं राजश्व गुमिरहेको खुलेको हो।’

मेलापर्वबाहेक अन्य सामान्य दिनमा मुलुकभरका भन्सार कार्यालायबाट औषतमा ८५ करोड राजश्व उठाउने गरेका थिए। नयाँ अर्थमन्त्रीले कडा निर्देशन दिएकै दिन भने एक अर्व २० करोड रूपयाँ भन्दा बढि राजश्व उठ्यो। अन्य दिनको तुलनामा असुली कम्ती पनि ३५ करोड बढि हो। यो तथ्याङ्कले भन्सार कर्मचारी र व्यापारीको मिलोमतोमा राज्यको दैनिक ३०-३५ करोड रूपैयाँ राजश्वको हिनामिना हुने गरेको आशंका गरिएको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement