चितवनामा गैँडाको आक्रमणबाट भण्डारीको मृत्यु

चितवनामा गैँडाको आक्रमणबाट भण्डारीको मृत्यु


चितवन – गैँडाको आक्रमणबाट चितवनको भरतपुर महानगरपालिका–५ विकासचोकका ५५ वर्षीय शिवराज भण्डारीको मृत्यु भएको छ ।

गैँडाको आक्रमणबाट घाइते भण्डारीको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

भण्डारीलाई यही माघ ३ गते माडी नगरपालिका–१ ध्रुवचोकमा गैँडाले आक्रमण गरेको थियो ।