चाबहिलबाट गैंडाको खागसहित दुई जना पक्राउ

चाबहिलबाट गैंडाको खागसहित दुई जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – प्रहरीले चाबहिलबाट गैंडाको खागसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँको खड्का भद्रकालीका ४६ वर्षीय लव खत्री र बाजुराको बुढीगंगाका २२ वर्षीय दिनेश थापा रहेका छन् ।

उनीहरुले चाबहिल एरियामा गैंडाको खाग २५ लाखमा बेच्न बार्गेनिङ गरिरहेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

खत्री र थापाको शरीर तथा कोठा खानतलासी गर्ने क्रममा गैडाको खाग थान १ फेला पारी पक्राउ गरिएको महाशाखाले जनाएको छ । उनीहरुलाई कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीसार पठाइएको छ ।