वासिङटन – विलाशी सामग्री ब्रान्ड एलभीएमएचका अध्यक्ष र सीईओ बर्नाड अर्नाउल्टले विश्वकै दोस्रो धनीमा बिल गेट्सलाई पछि पारेको फोब्र्ससले जनाएको छ ।
फोब्र्सको रियल टाइम बिलियनर सूचीमा फ्रान्सेली व्यवसायीले हिजो आफ्नो सम्पत्तिमा २.८ अर्ब डलर थपेका छन् । यसको अर्थ उनको कुल सम्पत्तिमा २.७ प्रतिशतको वृद्धि भई १०७.६ अर्ब डलर पुगेको छ ।
यो सम्पत्ति सहित उनी विश्वकै धनीको सूचीमा अमेजनका सीईओ जेफ बेजोसपछि रहेका छन् । बेजोसको कुल सम्पत्ति ११०.५ अर्ब डलर रहेको फोब्र्सको सूचीले देखाएको छ ।
यसैबीच गेट्सको कुल सम्पत्ति १०७ अर्ब डलर रहेको फोब्र्सको सूचीले देखाएको छ । यद्यपि ब्लूमबर्गको सूचीमा अर्नाउल्ट अभैmपनि बेजोस र गेट्स भन्दा पछि रहेका छन् ।
यो सूची अनुसार उनको सम्पत्ति १०३ अर्ब डलर रहेको छ । माइक्रोसफ्टका सह संस्थापकको सम्पत्ति ब्लूमबर्ग अनुसार ११० अर्ब डलर रहेको छ ।
ब्लूमबर्गका अनुसार अर्नाउल्टले यो वर्षको हालसम्मको अवधिमा ३४अर्ब डलर थपेका छन् । जुन महिनामा अर्नाउल्टले १०० अर्ब डलरको थ्रेसहोल्ड पार गरेर विश्वकै तेस्रो धनी व्यक्ति भएका थिए ।
यसको १ महिनापछि ब्लूमबर्ग र फोब्र्स दुवैको सूचीमा उनले छोटो अवधिका लागि भएपनि गेट्सलाई उछिनेका थिए ।




प्रतिक्रिया