काठमाण्डु – रिद्धि सिद्धि सिमेन्टले विषेश योजना अन्तर्गत भेट स्वरूप एक शिलान्यास पूजा सामग्री सेट प्रदान गर्ने भएको छ । नयाँ वर्ष २०७८ को अवसरमा शिलान्यास गर्ने ग्रहकलाई पूजा सामग्री सेट प्रदान गर्ने रिद्धि सिद्धि सिमेन्टले जनाएको छ ।
कम्पनीले प्रदान गर्ने उक्तपूजा सेटमा तामाको कलश ५ थान, चाँदीको कछुवा १ थान, चाँदीको नाग र नागिन १ जोडी, चाँदीको सिक्का १० ग्राम १ थान, हात्तीको प्रतिमा १ थान, जौ, तील, कुश १ प्याकेट, पञ्चरत्नधातु १ थान, सलाई १ थान, बाटेको धुप १ प्याकेट र कपुर १ थान रहने छ ।
योजनाको लाभ उठाउन ग्राहकवर्गले कम्पनीको निःशुल्क टोल फ्रीनम्बर १६६००११२४४४ (नेपाल टेलिकम), ९८०१५७२११२ (एनसेल) मा सम्पर्क गर्न सक्नेछन् । साथै,कम्पनीको आधिकारिक फेसबुक पेजको विज्ञापन क्लिक गरी वा पत्रिकामा प्रकाशित विज्ञापनमा रहेको http://riddhisiddhicements.com स्क्यान गरी रिद्धि सिद्धि सिमेन्टको वेबसाइटमा गई त्यहाँ रहेको फारम भर्नुपर्नेछ ।
अथवा, रिद्धि सिद्धि सिमेन्टको आधिकारिक विक्रेतामा सम्पर्क राख्नुपर्नेछ । यो योजनाप्रथम १००० उपभोक्तालाई मात्र लागु हुनेछ र यसकालागि न्यूनतम शिलान्यासको शुभअवसरमा१०० बोरा खरिद गरिएको हुनुपर्नेछ ।




प्रतिक्रिया