‘राइड टु सिन्धुली गढी’ साइकल यात्रा सुरु, पर्यटनमन्त्रीद्धारा उद्धाटन

‘राइड टु सिन्धुली गढी’ साइकल यात्रा सुरु, पर्यटनमन्त्रीद्धारा उद्धाटन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – ‘राइड टु सिन्धुली गढी’ साइकल यात्रा सुरु भएको छ । समृद्ध सिन्धुली नागरिक अभियानले सुरु गरेको काठमाडौँ–सिन्धुलीगढी साइकल यात्रा पर्यटनमन्त्री योगेश भट्टराईले काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा शुक्रबार बिहान साइकल यात्राको उद्घाटन गरेका हुन् ।

‘राइड टु सिन्धुली गढी’ नाम दिइएको साइकल यात्रा ऐतिहासिक स्थल सिन्धुलीगढी पुगेर टुंगिनेछ । यात्रामा साइकल यात्री र आयोजक गरी दुईसयको सहभागिता रहेको समृद्ध सिन्धुली नागरिक अभियानले जनाएको छ ।

सिन्धुलीगढी वीर गोर्खालीले तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको ऐतिहासिक स्थल हो । हरेक बर्ष २४ कात्तिकमा सिन्धुलीगढीमा विजय उत्सव मनाउने गरिन्छ ।

यात्रामा सहभागीलाई भक्तपुर, काभ्रे, सिन्धुली, धनुषा र महोत्तरीका विभिन्न स्थानीय तह, संघसंस्था, सुरक्षा निकाय र विद्यालयले खाजा र पानीको व्यवस्था गरेका छन् ।

सिन्धुलीगढीमा गोर्खालीले अंग्रेजी सेनालाई हराएको दुई सय ५० वर्ष पुगेको अवसरमा गरिएको काठमाडौँ–सिन्धुली साइकल यात्रामा विश्व साइकलयात्री पुष्कर शाहसहितको सहभागिता रहेको छ